प्रथम जगदगुरु पीठ एवं श्री राधाकृष्ण भक्ति साधना प्रतिष्ठान चताराधामको बिधान २०५६ को परिच्छेद्- २ को दफा-५ (घ) अनुसार २०७३ सालमा स्थापित जगदगुरु नेपाल संचार केन्द्र, प्रथम जगदगुरु पीठ एवं श्री राधाकृष्ण भक्ति साधना प्रतिष्ठान चताराधामको सूचना केन्द्र हो |
यस संचार केन्द्रले नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगदगुरु अनन्तश्री विभूषित श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट भएका खोज तथा अनुसन्धानमा आधारित रही प्रथम जगदगुरु पीठ चतराधाम को नेतृत्वमा संचालन गरिएका सम्पूर्ण अभियान र अभियानसँग सम्बन्धित गतिबिधिहरुलाई बिभिन्न संचारका माध्यमहरुबाट सम्प्रेषण गर्ने काम गर्दछ | यसका साथै ऐतिहासिक रुपमा नेपाल राष्ट्रले प्राप्त गरेको जगद्गुरुको सम्मान र उपाधिको संरक्षण सम्बर्धन र प्रबर्धन गर्दै विश्वभर छरिएर रहेका बैदिक सनातन धर्मावलम्बीहरुलाई प्रथम जगदगुरु पीठ नेपालसंग जोड्ने काम समेत गर्दै आइरहेको छ |